तुलसीपुर, ८ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मा एक कार्यक्रमका विच खरका छाना भएका अति विपन्न परिवारका लागी टिनका जस्तापाता वितरण गरिएको छ । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका विभिन्न गांउका विपन्न परिवारलाई टिनका पाता वितरण गरिएको हो ।
वडाका २५ घरपरिवार मध्ये आज १५ घरपरिवालाई वितरण गरिएको वडा सदस्य सुवास डांगीले जानकारी दिनुभयो । ढाई सय वढि निवेदन आएकोमा ति मध्ये सवै भन्दा विपन्न ३० घरपरिवालाई मात्र यस वर्ष वितरण गर्न सम्भव भएको र वांकी ४ वर्ष भित्र खरको छाना विस्तापित गर्ने लक्ष्य अनुरुप अघि वढ्ने वताईएको छ ।
वडा सदस्य सुवास डांगीका अनुसार वडाका चेत वहादुर योगी, ठगु मल्ल, मान वहादुर शाह, गौरी परियार, रामसुरत चौधरी, कला कुमारी गौतम, शालिकराम खत्री, सुन्तली परियार, सेतु चौधरी खिमलाल कुवर, भुपाल योगी, प्रेम कुमारी विक, नर वहादुर भण्डारी, खुसल विक र निम कुमारी भण्डारीलाई टिनका पाता वितरण गरिसकिएको छ ।
कार्यक्रममा वडा सदस्यहरु घनश्याम गौतम, सुवास डांगी, निर्मा चौधरी, खिमा विक, वडा सचिव भुवनेश्वर तिवारी, वडाका कर्मचारीहरु अर्जुन चौधरी, लक्ष्मी चौधरी लगायतको सहभागिता रहेको थियो ।