सल्यान र रुकुममा छुट्टाछुट्टै दुर्घटना हुदा दुई जनाको मुत्यु

तुलसीपुर , ७ जेठ । सल्यान र रुकुममा छुट्टाछुट्टै दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ । सल्यानको बागचौर नगरपालीका २ चिलढाले नजिकै आग्रीखोलामा गएराति एक बजे तिर भएको एम्बुलेन्स दुर्घटनामा परि बागचौर नगरपालिका वडा नं. २ चिलढाने बस्ने ४४ बर्षीया जानकी बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । ुर्घटनामा परि अन्य ४ जना घाईते भएका छन् ।
सुत्केरि व्यथा लागेकाकी १९ वर्षिया कल्पना चलाउनेलाई लिएर चिलढालेबाट थारमारे तर्फ जादै गर्दा रा १ झ १०३६ नम्बरको एम्बुलेन्स आग्रीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै घाईते हुनेमा ४६ बर्षीया केवल बुढाथोकी, ३५ बर्षीया डम्बरी बुढाथोकी र ४० बर्षीया राम बहादुर बुढाथोकी रहेको प्रहरीले जनाएको छ । घाईते हुने सवै चिलढालेका रहेका छन् ।

घाईतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन् भने चालक फरार भएको र उनको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।यस्तै रुकुम बाफीकोट गाउपालीका वडा नं ३ भाग्ले भन्ने स्थानमा हिजो साझ ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा मुसीकोट नगरपालीका ४ का ट्याक्टर सहचालक राजेन्द् सुनार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । बाफीकोट गाउपालीका वडा नं ३ सोलाबाङ बाट पिपल तर्फ जादै गरेको लु ३ त ४३८४ नम्वरको ट्याक्टर सडक भन्दा चार मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतक सुनारले आफै चलाएको र उनको घटना स्थलमै ज्यान गएको हो ।

प्रकाशित मिति : २०७५ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया