लाखौ मुल्यका चोरीका सामान तुलसीपुरमा बरामद

तुलसीपुर ३ जेठ
तुलसीपुरको खर्चवाबाट प्रहरीले ठूलो परिमाणमा चोरीका सामान बरामद गरेको छ । प्रहरीले खर्चवाको दुई घरमा छापा मारेर उक्त सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले तुलसीपुर– ७ खर्चवामा दुई वटा घरमा छापा मारेर एल.इ.डि टिभी, ल्यापटप, सिपीयु, पंखा, साउन्ड बक्स, स्टेपलाईजर, मोटरसाइकलको ट्यांकी, सेल्फी फोटो खिच्ने स्ट्याण्ड, आइरन, ताला फोड्ने पिलास, रिङचा, छड् ,  प्रयोग गरेका रिचार्जकार्ड बरामद गरेको छ । स्थानीयले दिएको सूचनाका आधारमा संकास्पद व्यक्तिको पिछा गर्ने क्रममा करिब ५ लाख मुल्यको विभिन्न इलेक्ट्रीक सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

तीन युवा पक्राउ

प्रहरीले चोरीमा संलग्न रहेको आसंकामा तीन युवालाई पक्राउ गरेको छ ।पक्रउ पर्नेमा  १७ बर्षीय सचिन चौधरी, २० बर्षीय रबिन चौधरी, २२ बर्षीय कृष्ण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै अहिले प्रहरीले उक्त गाउँमा नै खोजी कार्य जारी राखेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया