पार्टी एकता संयोजन समितिको बैठक सुरु

दाङ,३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि शीर्ष नेताहरुले बिरुवा रोपेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर पानी हालेका हुन् । एमाले र माओवादीका अरु नेताहरुले पनि यसैगरी बिरुवा रोपेका छन् ।

दुई दलका अध्यक्षसहित आज एकता संयोजन समितिले एकता प्रक्रियामा सहमति गरेपछि बेलुका एकता घोषणा गरिनेछ । बेलुका ५ बजे संयुक्त पत्रकार सम्मेलन गरि एकताको घोषणा गरिनेछ । निर्वाचन आयोगमा दल दर्ताका लागि आजै निवेदन दिइनेछ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने सहमति भएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया