तुलसीपुर , १ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३० औ वैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको नगर कार्यपालिकाको वैठकले सहकारी विधेयक २०७५, न्यायीक समितिको कार्यविधि नियमित गर्न वनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न वनेको विधेयक २०७५, राजपत्र प्रकाशन गर्ने सम्वन्धि कार्यविधि २०७५ लगायतका ऐन र कार्यविधिहरु पारित गरेको हो ।
वैठकले आगामी आर्थिक वर्ष २०७५÷७६ देखि वडा कार्यालयबाट एकीकृत सम्पत्ति कर असुल गर्ने निर्णय समेत गरेको छ । आगामी साउन १ गते देखि वडाबाटै एकीकृत सम्पत्ति कर असुल गर्ने बाटो खुलेको छ । तुलसीपुरमा तरकारी र फलफुलको जग्गा व्यवस्थापनका लागि आव्ह्वान गर्ने निर्णय समेत गरेको छ ।
वैठकले कालोपत्रेले छोएको र १० कठ्ठासम्म भएको वजार क्षेत्र भित्रको जग्गा खोज्नका लागि पहल गर्ने निर्णय गरेको हो । वैठकले जेठ ७ गतेका दिन नगरसभाको वैठक समेत तोकेको उपमहानगरका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।