योजनाको अनुगमण

तुलसीपुर, वैशाख ३० । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ मा निर्माण भएको योजनाको नगरप्रमुख घनश्याम पाण्डेले अवलोकन गरेका छन् । योजनाको अवलोकन गर्दै नगरप्रमुख पाण्डेले योजना निर्माणमा कुनै पनि कन्ज्युँस्याई नगर्न उपभोक्ताहरुलाई आग्रह गरेका थिए । उनले एकैपटक धेरै योजना निर्माण भन्दा पनि विस्तारै तर दीर्घकाल सम्म टिक्ने योजना निर्माण गर्न उपभोक्तालाई आग्रह गरेका थिए । वडा नम्वर १६ को सजनेवादेखि फचकुलवा जाने लक्षिणपुरे कुलोमा निर्माण गरिएको कल्भर्टको नगरप्रमुख पाण्डेले निरिक्षण गरेका थिए । उनले स्टिमेट भन्दा राम्रो काम गरेकोमा उपभोक्ता समितिको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख ३० गते आइतवार
प्रतिक्रिया