शान्ती सरु,तुलसीपुर २८ बैशाख ।
वितेको एक वर्षको अवधीमा तुलसीपुर उपमहानगरपालिकामा व्यक्तिगत घटना दर्ता अन्र्तगत ६ हजार बढिले जन्म दर्ता बनाएका छन् । कार्यालयले दिएको जानकारी अनुसार २०७४ बैशाख देखी चैत्र मसान्त सम्मको तथ्याङक हेर्दा जम्मा ६ हजार ४ सय ८९ जनाले जन्मदर्ता गराएको कार्यालयका पन्जिकाधिकारी धुव्रराज रेग्मीले जानकारी दिएका छन् ।
जसमा ३ हजार ९१ जना बालिका रहेका छन् भने तीन हजार ३ सय ९८ बालक रहेका छन् । त्यस्तैगरी ८ सय ३६ जनाले मृत्यु दर्ता गराएका छन् । जसमा ५ सय १९ जना पुरुष छन् भने ३ सय १७ महिला रहेको रेग्मीले बताएका छन् । उनका अनुसार विवाह दर्ता २ हजार ३ सय २९, बसाईसराई गरी आउनेको संख्या ३ हजार ९३ रहेको छ भने बसाई सरी जानेकोे संख्या १ हजार २ सय ८९ रहेको छ ।
प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार