विहे गरेको १४ दिनमै किन गरिन युवतिले आत्महत्या ?

 

तुलसीपुर, २६ बैशाख

विहे गरेको १४ दिनमा नै एक युवतिले आत्महत्या गरेको प्रहरीले बताएको छ । तुलसीपुर ८ कटकुइयाँ निवासी १७ बर्षकी सदिक्षा वलीले आत्महत्या गरेको, घटनास्थलमा पुगेका बेलुवा प्रहरी चौंकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मेघराज डाँगीले जानकारी दिएका छन् ।
‘दिउसो नास्ता खानका लागि कोठामा बोलाउन गएछन्,’ सहायक निरीक्षक डाँगीले भने ,‘ढोगा ढकढक्याउदा नखुलेपछि झयालबाट हेर्दा झुडिएको देखेपछि प्रहरीलाई खबर गरे ।’

मृतकका आमा–वुवालाई बोलाएकाले कोठा खोल्न केहि समय लाग्ने प्रहरीले बताएको छ । माइती पक्ष नआउँदा सम्म कोठा नखोल्ने बताएपछि प्रहरीले घटनाको सम्बन्धमा थप जानकारी प्राप्त गर्न नसकेको बताएको छ । सारदा नगरपालिका ३ सिरुबार निवासी मृतक युवतिले १४ दिन अघि मोबाईलबाटै भागि विहे गरेको प्रहरीले बताएको छ । घटना दिउसो एक बजे भएको प्रहरीले बताएको छ ।

फोटो  : राजेश वली रुद्रको फेसबुकबाट

प्रकाशित मिति : २०७५ बैशाख २६ गते बुधवार
प्रतिक्रिया