मिना बुढाथोकी,सल्यान,बैशाख २४ ।
कालीमाटी गाँउपािलकाद्दारा निर्मित ईलाका प्रहरी कार्यालयको भवन आज सोमवार एक कार्यक्रमको आयोजनाका बिच उद्घाटन गरिएको छ । कालीमाटी गाँउपालिकाको आर्थिक सहयोग र जनश्रमदान बाट निर्मित ईलाका प्रहरी कार्यालयको भवनको उद्घाटन ६ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक सुरेश विक्रम शाह तथा कालीमाटी गाँउपालिकाका अध्यक्ष दान बहादुर केसीले संयुक्त रुपमा गरे ।
गाँउपलिकाको १० लाख, र २ लाख १४ हजार जनश्रमदान गरि जम्मा १२ लाख १४ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको गाँउपािलका अध्यक्ष केसीले बताए । कालीमाटी गाँउपालिकामा ईलाका प्रहरी कार्यालयको आप्mनै भवन निमार्ण कार्य सम्पन्न भएपछि यहाँबाट जनाताले सरल र सहज रुपले सेवा पाउने गाँउपालिकाले जनाएको छ ।
भवन निर्माणका लागी स्थानीयले पनि विभिन्न तरीकाले प्रहरीलाई सहयोग गरेका छन् । यहाँ ईलाका प्रहरी कार्यालयको भवन बनाउनका लागी स्थानीय भुपेन्द्र बहादुर खत्रीले १२ आना जग्गा निशुल्क रुपमा दान गरेको भवन निर्माण समितिका अध्यक्ष लाल सिं खत्रीले बताए ।
दांग र सुर्खेत जिल्लासंग सिमाना जोडिएको यस क्षेत्रमा प्रहरी आएपपिछ यहाँका जनताले शान्ती सुरक्षाको महसुस गरुन भन्ने उद्देश्यले आफुले जग्गा दान गरेको जग्गादाता भुपेन्द्र बहादुर खत्रीले बताए । सल्यान जिल्ला सदरमुकाम बाट साविकको कालीमाटी रामपुर गाविसको सम्बन्ध निकै टाढा रहेको बेला २०५२ सालमा मैले १२ आना जग्गा दान गरेको हुँ उनले भने –‘आज यहाँ भवन बनेपछि निकै खुशी लागेको छ ।
’उतिबेला मैले देखेको सपना अहिले पुरा भयो । अब स्थाई रुपमा यहाँ प्रहरी बस्ने भएपछि यहाँका जनताले पनि खुशी महसुस गरेका छन –उनले थपे ।स्थानीय भुपेन्द्र बहादुर खत्रीले ०५२ सालमा दान गरेको १२ आना बराबर जग्गाको अहिलेको मुल्य करिब १६ लाख रहेको स्थानीय ईन्द्रलाल भण्डारीले बताए ।
इलाका प्रहरी कार्यालयको लागी आवश्य परेको जग्गा दान गर्ने जग्गादाता तथा भवन निर्माणमा आर्थिक रुपले सहयोग गर्ने गाँउपालिकालाई प्रहरीले धन्यवाद दिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै ६ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक सुरेश विक्रम शाहले जनताले यसरी प्रहरी माथि गरेको विश्वासलाई कायम राख्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन् ।
कर्णली प्रदेश सुरक्षाको हिसाबले पछाडी परेको क्षेत्र भएकाले सबैले आ–आफ्नो ठाउँमा बाट पहल गर्नु पर्ने उनले बताए । यो प्रदेश भुगोलको हिसाबले ठुलो र बिकट भएकाले सहजै सुरक्षा दिन नसकिएको बताउदै उनले भने– नागरीकको बिना प्रहरी पनि छैन् ,त्यसैले समाजको एउटा अभिन्न अंग कर्मथलो समाज नै हो ।’
पछिल्लो समय आएर देश र जनताका निम्ति दिनरात खटिने प्रहरी संगठनमाथि केही प्रहरीका हर्कतहरुले प्रश्न चिन्ह खडा गरेको बेला यहाँको प्रहरीले निष्पक्ष र जनतालाई न्यायको अनुभुति दिलाउन सधै तत्पर भएर लाग्न उनले आग्रह गरेका छन् । साथै जनाता लाई प्रहरी जनताको साथी भन्ने कुराको आभास दिलाउनका लागी मुस्कान सहित को सेवा दिन कत्ति पनि कन्जुस्याई नगर्न समेत प्रहरीलाई निर्देशन दिए ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि भरत बहादुर विकले विगत लामो समय देखी यहाँ रहेको प्रहरीले जीर्ण अवस्थामा रहको भवनमा बसेर सेवा दिदै आएकोमा अहिले आएर आप्mनै भवन भएपछि सेवा प्रभावकारी हुने बताए ।
उनका अनुसार निरक्षणका क्रममा भाडाको भरमा रहेको भबन जिर्ण रहेको पाईएकाले आफुले गाउँपालीका सँग पहल गरेको बताए ।आफ्नै भबन निर्माण भएपछि जनतालाई दिने सुरक्षाका लागी खटिने प्रहरीलाई पनि सहज हुने उनको भनाई छ । शान्ति बिना बिकास सम्भव नहुने भन्दै जहाँ शान्ति हुन्छ त्यहाँ बिकास हुने प्रमुख बिकले बताए ।
यस अघि यहाँ रहेकोे भवनमा बसेर काम गर्दा सुरक्षा प्रदान गर्ने हाम्रो प्रहरीलाईनै कार्यालयमा सुरक्षाको अनुभुति थिएन डिएसपि विकले भने –‘भवन जीर्ण थियो काम गर्न पनि अप्mटेरो थियो अहिले आएर भवन निर्माण हुंदा सेवा पनि सहजै उपलब्ध हुने विश्वास लिएको छु।’उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार,स्थानीय लगायतको सहभागिता रहेको थियो ।