तिर्थराज ज्ञवाली
२४ बैशाख, मसुरीया(दाङ)/ राप्ती गाउँपालिकाले गाउँपालिका भित्रका २२ अनाथ बालबालीका लाई जनहि ६ हजारका दरले सहयोग गरेको छ । अनाथ वालवालिकाहरुका लागि महिला तथा वालवालिका कोषवाट मासिक ५ सय आर्थिक सहयोग उपलब्ध गराउने गाउँकार्यपालिकाको निर्णय अनुसार एक वर्षको एकमुस्ट ६ हजार रुपैया वार्डहरुको सिफारीसमा उपलब्ध गराईएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभएको छ ।गाउँपालिकावाट कुनै किसिममा सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेकोे, वावुआमा दुवै मरेका वा बेपत्ता भएको, १६ वर्ष पूरा नभएको, राप्ती गाउँपालिका भित्र जन्म भएको वा स्थायी वासिन्दा रहेका अनाथ बाल बालीकालाई सहयोग रकम उपलब्ध गराईएकोे छ ।
राप्ती गाउँपालिका वडा न.२ का सन्दीप सार्की (नेपाली),पवन सार्की (नेपाली),योगीता सार्की (नेपाली),सारदा डांगी, सनम कुमाल, लक्ष्मण कुमाल, राम कुमाल, बिशाल सार्की, एलिना कुमाल र सुमित्री कुमाल, वडा न.३ का सस्मिता चौधरी, रविन चौधरी, निरु चौधरी, हिमाल के.सी. र सिर्जना के.सी., वडा न.४ कुलमान गिरी र मन्जुली गिरी, वडा न.७ का सुदिप चौधरी, वडा न. ८ का विनोद कुमाल, बुधराम चौधरी, सुशिला चौधरी र सुजन कुमाल लाई राप्ती गाउँपालिकाले सहयोग गरेको छ ।
सहयोग वितरण कार्यक्रममा प्रथम चरणमा ९ जना बालबालिकालाई सहयोग प्रदान गरिएको र दोस्रो चरणमा अन्य बालबालिकालाई सहयोग प्रदान गरिएका छ । थप अनाथ बालबालीकाको विवरण र सहयोग मागभै आएमा समेत सहयोग गरिने प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७५ बैशाख २४ गते सोमवार