हिमाल शर्मा,सल्यान बैशाख २४ ।
सल्यान रुकुम यातायात ब्यवसायी समितीले आज देखि चलानी नकाटेर समितिको अर्को निर्णय नहुन्जेल सम्म तत्कालका लागि क्यु फ्रीमा गुडाउने भएको छ । समितिका अध्यक्ष लोकमान बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले यातायात ब्यवस्था सम्बन्धि संक्रमणकालिन अबस्थालाई मध्यनजर गर्दै सहज रुपले गाडी संचालन गर्नको लागि उक्त निर्णय गरिएको समितिले जनाएको छ ।
बैठकले समितिका सम्पूर्ण होर्डिङ बोर्ड हटाउने,समितिका ब्यवसायी,कर्मचारी पोशाक,परिचय पत्र लगाएत अन्य कागजात लगाएतका कामकाज प्रयोगमा नल्याउने,टिकट नकाट्ने,गाडी चलानि टिप शुल्क समितिले नलिने निर्णय गरिएको समितिका अध्यक्ष लोकमान बुढाथोकीले बताउनु भयो ।
प्रकाशित मिति : २०७५ बैशाख २४ गते सोमवार