नाटकीय ढंगले उपाध्यक्षलाई समातियो : तुलसीपुर जीप समिति

तुलसीपुर, २१ बैशाख

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएका दुई जना यातायात व्यवसायी मध्य एक जनालाई छोडेपनि एक जनलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ । सिण्डीकेटको पक्षमा लागेर सेवा अवरुद्ध गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्न सरकारले निर्देशन दिएपछि प्रहरीले उनिहरुको खोजी सुरु गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य तथा दाङ जिल्ला टे«क्टर व्यवसायी समितका अध्यक्ष चिन्तामणी शर्मालाई प्रहरीले छोडे पनि तुलसीपुर जीप तथा माइक्रो मीनी बस व्यवसायी समितिका उपाध्यक्ष डिल्ली भण्डारीलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ । एक घन्टा अघि ईलाका प्रहरी कार्यालयमा गएका आचार्यले भण्डारीलाई फोन गरेर बोलाएका थिए ।
भण्डारी गएको करिब १०/१५ मिनेटपछि शर्मा, ईलाका प्रहरी कार्यालय परिसरबाट बाहिरीएका थिए । १२ बजे इलाका प्रहरीमा पुगेका शर्माले बोलाए पछि भण्डारी एक बजे त्यहाँ पुगेका थिए ।
‘मलाई टे«क्टर समितिका सचिव केशब सापकोटाले काम छ भन्दै क्यान्टीन तर्फ लग्नुभयो,’ भण्डारीले भने ‘त्यतिनै बेला चिन्तामणी निस्कीनु भयो, पछि म बाहिर निस्कीदा डिएसपीसापले तपाई जानेहोईन भनेर रोक्नुभयो ।’
केन्द्रिय सदस्यलाई छोडेर मलाई राख्नु सुनियोजीत र राजनीतिक प्रतिशोधका कारण भएको भण्डारीले बताएका छन् । यता तुलसीपुर जीप तथा माइक्रो मीनी बस व्यवसायी समितिका सचिव जितबहादुर खड्काले नाटकीय र षडयन्त्र पूर्वक ढंगले आफनो समितिको उपाध्यक्षलाई फसाइएको बताएका छन् ।
आन्दोलनमा उत्रीएको एउटा घटक दाङ जिल्ला टेक्टर व्यवसायी समितिका कार्यालय सचिव केशब सापकोटाले गएर आफनो अध्यक्षलाई छुटाएको जीप समितिले बताएको छ । यदि कानुनले एउटै लाठी लगाउने हो भने तीनै जनलाई त्यही राख्नु पर्ने समितको तर्क छ ।

ईलाका प्रहरी कार्यालयमा रहेका दुई जना मध्य व्यवसायीको नेतालाई छोड्ने र सामान्य व्यक्तिलाई त्यही राख्ने कार्यले प्रहरीको काम गराई प्रति संका गर्ने ठाउँ प्रसस्त रहेको सचिव खड्काको तर्क छ । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले माथिबाट आदेश नआउँदै आचार्य निस्केको दाबी गरेका छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया