‘महिला उद्यमि बने मात्र समाजको आर्थिक अवस्था सुध्रने’

तुलसीपुर,१८ बैशाख ।
दलित महिलाका लागि पाँच दिने ५ दिने गुडिया बनाउने तालिम आज समापन भएको छ । तुलसीपुर उप महानगरपालीका वडा नम्बर ११ को आयोजनामा सञ्चालन भएको तालिमको आज समापन गरिएको हो । वडाध्यक्ष चित्र बहादुर वलीको अध्यक्षता तथा समाजसेवि तिलक बहादुर बस्नेतको प्रमुख आतिथ्य एवं महिला अधिकारकर्मि शुस्मा गिरीको विशिष्ठ आतिथ्यमा तालिमको समापन भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले सिपले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताएका थिए । जव सम्म हरेक महिला उद्यमि बन्न सक्दैनन तव सम्म यो समाजको आर्थिक अवस्था नसुध्रने उनले बताएका थिए । यस्तै विशष्ठि अतिथि महिला अधिकारकर्मी गिरीले पछि परेका दलित महिलाहरुलाई अघि बढाउन सके मात्र समृद्ध नेपाल बन्न सक्ने बताएकी थिईन ।

तालिम संयोजक बसन्त परियारको स्वागत मन्तव्य बाट सुरु भएको समापन कार्यक्रममा वडा सदस्यहरु सुवास डिसि,निर्मा चौधरी,खिमा विक,नेपाली कांग्रेसका नन्दलाल जैसि,एमालेका होताराम बस्नेत,छोटिलाल चौधरी, जेष्ठ नागरीकका केशव डागी,टोल विकासका गुरुप्रसाद रेग्मी,रुपलाल रेग्मी,प्रशिक्षक विष्णु प्रसाद खड्का , दलित सञ्जालकी दिपिका सुनाम,सहभागिको तर्फबाट प्रभा परियार लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजिकरण वडा कार्यालयकि कर्मचारी लक्ष्मी चौधरीले गरेकि थिईन । तालिममा वडाका भित्रका दलित महिलाहरुको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०७५ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया