हावाहुरीले तुलसीपुरको एक विद्यालयको छानो उडायो

तुलसीपुर,१६ बैशाख ।

असिना पानी सगै आएको हावाहुरीले तुलसीपुरको एक विद्यालयमाच क्षती पुराएको छ । तुलसीपुर ९ सल्लीबनमा रहेको सरस्वती चौतारा आधारभुत विद्यालयको तिन वटा कोठामा टिनको छानो उडाएको हो ।

६ कोठे भवणको दोस्रो तलाका तिन कोठाको छानो फालिदिएको विद्यालयका प्रधानाध्यापक बुद्धिराम काफ्लेले जानकारी दिएका छन । आईतवार दिउसो आएको हावाहुरीले छानो उडाउदा टिनले लागेर एक विद्यार्थि लाई सामन्य चोट लागेको छ ।

कक्षा ७ का अध्यनरत छात्र झकास चन्द लाई टाउकोमा लागेको र सामन्य उपचारपछि घर फर्किएको प्रधानाध्यापक काफ्लेले जानकारी दिए । उनको टाउकोमा चोट लागेको छ ।

प्रकाशित मिति : २०७५ बैशाख १६ गते आइतवार
प्रतिक्रिया