धामीको शक्ति देखाउने भन्दै नदीमा हाम फाल्दा एक मृत्यु एक बेपत्ता

दाङ, १६ बैशाख,
बाजुराको जगन्नाथमा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाम फाल्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना बेपत्ता भएकोे जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटका अनुसार ज्यान जानेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् ।

त्यस्तै अर्का ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् ।उनका अनुसार बगरमा बसेर काम्दै दुवै जना नदीमा हाम फालेको स्थानीय प्रत्यक्ष दर्शीले बताएका छन् ।घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख १६ गते आइतवार
प्रतिक्रिया