दाङ , १६ बैशाख
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरु सँगको सम्बन्ध सुधार भएको बताउनु भएको छ । प्रदेश नम्बर पाँचको संसद बैठकलाई बुटवलमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणले बिग्रिएको सम्बन्ध सुधार गर्दै सामान्य अवस्थामा ल्याउन सफल भएको बताउनुभयो ।
छिमेकी देशहरुसँगको सम्बन्ध बराबरीको हिसाबले हुने ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन सकिएकाले देश आर्थिक समृद्धितर्फ अग्रसर हुने आश्वासन दिनुभयो ।संघीयताले अधिकारमा नागरिकको पहुँच र अपनत्व बढाएको प्रधानमन्त्री ओलीको भनाई छ । मौलिक हक र अधिकार संरक्षण तथा प्रर्बद्धनका लागि नेपालको संविधान संसारकै सर्वोत्कृष्ट रहेको ओलीको भनाई छ ।
प्रकाशित मिति : २०७५ बैशाख १६ गते आइतवार