दाङमा मोटरसाईकल दुर्घटना, डिउटिमा रहेका एक प्रहरीको ज्यान गयो

तुलसीपुर,१२ बैशाख ।

मोटरसाईकल दुर्घटना हुदा दाङमा एक प्रहरी जवानको ज्यान गएको छ । ज्यान जानेमा वडाा प्रहरी कार्यालय घोराहीमा कार्यरत रोल्पा खुङग्री निवासि ओविलाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

वडा प्रहरी कार्यालयमा कार्यरत गिरी मोटरसाईकल गस्तीमा गएका बेला आज विहान घोराही भैसाहि पेट्रोल पम्प नजिक दुर्घटनामा परेका थिए । यस्तै, मोटरसाईकल चालक प्युठान निवासि बसन्त अधिकारी घाईते भएका छन । राती १२ देखि विहान ६ बजे सम्मको मोटरसाईकल डिउटि रहेकोमा उनिहरु सवार मोटरसाईकल विहा ५ बजेर १० मिनेटमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख १२ गते बुधवार
प्रतिक्रिया