तुलसीपुर,९ बैशाख ।
आज कम्युनिष्ट पार्टी स्थापना दिवस मनाइदैछ । स्थापना दिवसको अवसर पारेर दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले साझा कार्यक्रम गर्दैछन् । दिउँसो हुने कार्यक्रमबाट दुई पार्टी अध्यक्षले एकताका विषयमा नयाँ सन्देश दिने तयारी गर्नु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साझा वक्तव्य नै दिने तयारी गर्नु भएको छ । आज पार्टी एकता गर्ने भनिएकोमा त्यो सम्भव नभएकाले यसै महिना एकता गर्नेगरि नयाँ सन्देश दिने तयारी छ ।
६९औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर आज दुवै पार्टीले पार्टी एकता संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्न लागेका हुन् । पार्टी एकताप्रति आशंका अन्त्य गर्नेगरि सन्देश आउने नेताहरुले बताएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले एकताको नयाँ मितिसहितको सन्देश आउनसक्ने बताउनुभयो । २००६ साल वैशाख १० गते (अप्रिल २२)मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कोलकातास्थित श्यामाबजारमा भएको थियो ।
२०१९ को तेस्रो महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीमा शृंखलाबद्ध टुटफुट र विभाजन आएको थियो । तर, असोजमा भने नेपालका अलग धारका दुई ठूला कम्युनिस्ट पार्टी एमाले(माओवादी एउटै पार्टी बनाउने अभियानसहित चुनावमा गएका थिए ।
अब मजदुर दिवस वैशाख १८ मा पार्टी एकता गर्ने तयारी भइरहेको बताइएको छ । यता दाङमा पनि दिवशको अवसरमा कार्यक्रमको आयोजना गरएिको छ । घोराही उपमहानगरको सभाहलमा अन्र्तक्रिाया कार्यक्रमको आयोजना गरीएको एमाले अध्य टिकाराम खड्काले बताए ।।