तुलसीपुर,७ बैशाख ।
मोटरसाईकल चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । तुलसीपुरका विभिन्न ठाउबाट ५ वटा मोटरसाईकल उनिहरुले चोरी गरेका थिए ।
चोरी गर्नेहरु रोल्पा र दाङ जिल्ला निवासि रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन । उनिहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाइएको छ ।
प्रकाशित मिति : २०७५ बैशाख ७ गते शुक्रवार