तुलसीपुर,५ बैशाख ।
प्रेस चौतारी नेपाल दाङ शाखाको पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । चौतारीका निवर्तमान अध्यक्ष टिका बस्नेतको अध्यक्षता तथा प्रतिनिधिसभाका सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले मर्यादित पत्रकारीता नै आजको आवस्यकता भएको बताएका थिए ।
उनले समाज समृद्धीको दिशामा अघि बढेको भन्दै यसमा पत्रकारहरुको भुमिका महत्वपुर्ण रहने बताएका थिए । देशमा राजनितिक क्रान्तीको अन्त्य भएकोले आर्थिक क्रान्तीको सुरुवात गर्नुपर्ने उनले बताएका थिए । अर्को प्रशंगमा देशमा अव दुई पार्टि मात्र रहने उनको भनाई थियो । नेपालमा कम्युनिष्ट र कांग्रेस पार्टि मात्र रहने उनले दावि समेत गरेका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथि एमाले दाङका अध्यक्ष टिकाराम खड्काले पत्रकारीतालाई ब्यवस्थित बनाउन सबै जिम्मेवार हुनुपर्ने बताएका छन । राम्रो र नराम्रो काम छुट्याउने जिम्मा पत्रकारहरुको भएको भन्दै गलत कामका विरुद्ध कलम चलाउन उनले आग्रह गरेका थिए ।
उनले संगठनललाई नमुना बनाउन नेतृत्वलाई शुभकामना समेत दिएका थिए कार्यक्रममा अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष जेएन सागरले पत्रकारका मुद्धाहरुमा प्रतिबद्ध रहने बताएका थिए । पत्रकारहरुको क्षमता विकास गरी ब्यावसायिक पत्रकारीतामा ध्यान दिईने उनको जोड थियो ।
सो अवसरमा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन,प्रेस युनियन दाङकि उपाध्यक्ष बसुन्धरा गौतम,प्रेस सेण्टरका सचिब पाण्डव प्रसाद शर्मा लगायतले बोलेका थिए । प्रेस चौतारीका पुर्व सल्लाहकार सुदर्शन रीजालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा पूर्व सल्लाहकार दुर्गालाल केसीले धन्यवाद ज्ञापन गरेका थिए ।
सो कार्यक्रमको सहजिकरण निवर्तमान सचिब बसन्त विवश आचार्यले गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्षले माईन्युट हस्तान्तरण गरेका थिए । यसैविच, चौतारी दाङको पहिलो बैठक घोराहीमा सम्पन्न भएको छ । अध्यक्ष जेएन सागरको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्न सहयोग गरेको भन्दै पार्टि,अध्यक्ष मण्डल लगायत लाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यसैगरी चौतारीको नियमित बैठक प्रत्येक महिनाको पहिलो शनिवार बस्ने निर्णय गरेको छ । यस्तै पत्रकार महासंघको प्रदेश स्तरीय निर्वाचन सफल पार्न सहयोग गर्ने निर्णय गरिएको सह–सचिब सुधासुमन ढकालले जानकारी दिएकि छिन ।।