नयाँ वर्षको अवसरमा मेयर पाण्डेको शुभकामना

तुलसीपुर, १ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नयाँ वर्ष २०७५ को अवसरमा सम्पुर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेका छन् । विज्ञप्ती जारी गर्दै नगर प्रमुख पाण्डेले नयाँ वर्षले हरेक नगरवासीले सोचेका कुरा पुरा हुन् भन्दै तुलसीपुरलाई समृद्ध नगरका रुपमा विकास गर्नका लागि हरेक नगरवासीमा उत्साहको सञ्चार होस् भन्ने कामना समेत गरिएको छ ।

मेयर पाण्डेले विज्ञप्तीमा लेखेका छन् ‘ पुराना कुरा सवै विर्सिएर नयाँ कुराहरुको सञ्चार गर्ने उत्साह हरेक नगरवासीमा पलाओस् ’ उनले तुलसीपुरलाई नमुना शहरका रुपमा विकास गर्नका लागि नयाँ वर्षले सबैलाई प्रेरणा दिन सकोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।

‘ देशलाई आर्थिक समृद्धिको वाटामो लैजालका लागि नयाँ वर्षमा नयाँ खाले कामको सुरुवात हुन सकोस् ’ विज्ञप्तीमा लेखिएको छ । नयाँ वर्षलाई नयाँ संकल्पका रुपमा लिनसके त्यसले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने कुरा समेत उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख १ गते शनिवार
प्रतिक्रिया