मर्यादित पत्रकारीता नै बिकासको आधार: बस्नेत

 

घोराही, ३० चैत्र ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले मर्यादित पत्रकारीता नै बिकासको आधार भएको बताएका छन । । प्रेस चौतारी दाङको आठौ जिल्ला अधिबेशनलाई घोराहीमा सम्बोधन गनर्दै उनले यस्तो बताएका हुन । पत्रकारीताको मर्मलाई बचाउन र सामाजिक विकासमा साझेदारी गरेर अघि बढ्न पत्रकारहरुलाई उनको सुझाबछ ।

पत्रकारहरुले अरुको अधिकारको कुराहरु बोले पनि आफ्नो हक अधिकार र पारिश्रमिकमा मारमा परेको भन्दै काम अनुसारको पारिश्रमिक दिन सञ्चार माध्यमहरुलाई आग्रह गरे । प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेतको अध्यक्षता एवं चौतारीको केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिबेशनको उद्घाटन भएको हो ।

कार्यक्रममा बोल्ने बिभिन्न क्षेत्रका व्यक्तिहरुले पत्रकारीतालाई बिश्वसनिय र मर्यादित बनाउन अबस्यक रहेकोमा जोड दिएका छन् । सत्य र निष्ठाको पत्रकारीतालाई स्थापित गर्न समेत बक्ताहरुले पत्रकारहरुलाई सुझाब दिएका छन् ।

सो अवसरमा संघिय संसदका सदस्य सुजिता साक्य, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेकपा एमालेका अध्यक्ष टीकाराम खड्का, प्रचार बिभाग प्रमुख शरद अधिकारी, पत्रकार महासंघका केन्द्रीय सचिब उदय जिएम, पत्रकार महासंघका सचिब भुपेन्द्र वली, प्रेस युनियनका अध्यक्ष शुसिल बस्नेत, पत्रकार महासंघका सल्लाहकार दुर्गालाल केसी लगाएतकाले मर्यादित र जवाफदेही पत्रकारीता नै अहिलेको आबस्यकता भएको बताउनुभयो ।

चौतारीका उपाध्यक्ष संगित बस्यालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब बसन्त आचार्यले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया