प्रेस चौतारी दाङको आठौ अधिबेशन आज

तुलसीपुर,३० चैत ।
एमाले निकट प्रेस चौतारी दाङको आठौ अधिबेशन आज हुदै छ । घोराहीमा रहेको पत्रकार महासंघको हलमा अधिबेशन हुने जनाइएको छ । अधिबेशनलाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष गणेश बस्नेत दाङ आएका छन ।

आज हुने अधिबेशनले ३ बर्षका लागि नँया नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष टिका बस्नेतल जानकारी दिएका छन । आज विहान ११ हुने अधिबेशनमा उपस्थितिको लागि जिल्ला अध्यक्ष टिका बस्नेत र सचिब आचार्यले सबैमा अनुरोध समेत गरेका छन । अधिबेशनमा ७ जना पत्रकारलाई पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : २०७४ चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया