एमाले – माओवादी एकता संयोजन समिति बैठक आज

तुलसीपुर,२९ चैत ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकताका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । हिजो नै बस्ने तय गरिएको बैठक प्रधानमन्त्रीको व्यस्तताले रोकिएको र आज बैठक बस्ने कार्यदलका सदस्यले बताएका छन् ।

कार्यदलमा सहमति जुट्न नसकेका चुनाव चिह्न, जनयुद्द शब्द लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको थियो । कार्यदल सदस्य एमाले नेता माधवकुमार नेपालले आज बैठक बस्ने र सहमति हुन नसकेका विषयमा सहमति खोजिने बताउनुभयो । गत चैत २२ गते बसेको समितिको बैठकले आगामी ९ वैशाखमा पार्टी एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र २९ गते बिहिवार
प्रतिक्रिया