घोराही कारागारमा क्षमताभन्दा बढि कैदिबन्दी

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २८ चैत ।
कारागार कार्यालय घोराहीमा क्षमता भन्दा बढि कैदीबन्दिहरु रहेका छन् । कारागारमा पचास जना कैदीबन्दीको क्षमता भएपनि हाल २ सय ४२ जना कैदीबन्दी रहेको कार्यालयका जेलर प्रमुख कासीराम वलीले जानकारी दिएका छन् ।

उनका अनुसार कारागारमा १ सय ४७ जना कैदी र पन्चान्नब्बे जना बन्दी रहेका छन् । जसमा पाँच जना विदेशी नागरिक समेत रहेको जेलर वलीले जानकारी दिएका छन् । कारागारमा सवैभन्दा वढि जवरजस्ती करणी सम्वन्धिका ७५ जना कैदीबन्दीले सजाय भुक्तान गरीरहेका छन् ।

त्यस्तैगरी कर्तव्यज्यान सम्वन्धि ६७ जना,लागुऔषधी सम्वन्धि १५ जना, डाँकाचोरी सम्वन्धि २० जना, सवारी ज्यान १७ जना,ठगी सम्वन्धि ३ जना,अपहरण तथा शरिर बन्धक सम्वन्धि ३ जना,बनपैदावार तथा बन्यजन्तु सम्वन्धि ७ जना र ज्यान मार्ने उद्योगमा ६ जना रहेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र २८ गते बुधवार
प्रतिक्रिया