विद्युत सुरक्षा दिवस: तुलसीपुरमा प्रभातफेरी

तुलसीपुर,२६ चैत ।
आज विद्युत सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । विद्युतिय सुरक्षा चुहावट नियन्त्रण र किफायती उपयोग,विकास तथा समृद्धिको लागी उत्पादनशिल प्रयोग ,भन्ने मुल नारका साथ दिवश मनाउन थालिएको हो । यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र दाङको आयोजनामा तुलसीपुरमा ¥याली निकालिएको छ । वितरण केन्द्र कार्यालयबाट सुरु गरीएको ¥यालीले बजारको विभिन्न भाग परिक्रमा गरेको छ । विद्युतको काम सकियो स्वीच बन्द गरौ जस्ता विभिन्न जनचेतनामुलक प्लेकार्ड सहित ¥यालीको आयोजना गरीएको थियो ।  ¥यालीमा विद्युत कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी र संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७४ चैत्र २६ गते सोमवार
प्रतिक्रिया