आगलागी बाट १२ घर जलेर नष्ट

तुलसीपुर,२५ चैत ।
उदयपुरको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा आगलागी हुँदा १२ वटा घर जलेर नष्ट भएको छ । शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा छ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार राती ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी शुरु भएको थियो ।

आगलागीमा तामाङका ७० वर्षीया आमा बारीमाया तामाङ बेपत्ता भएको प्रहरीले बताएको छ । आगलागीका विषयमा ढिलो खबर प्राप्त भएकाले बढी क्षति भएको प्रहरीले जनाएको छ । कटारी नगरपालिका र त्रियुगा नगरपालिकाबाट दमकल मगाएर प्रहरी तथा स्थानीयवासीको प्रयासपछि बिहान ३ बजे मात्र आगलागी नियन्त्रणमा आएको थियो । तामाङको घरमा राति धामी बसाएको र त्यहीबाट आगो सल्केको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट स्थानीय टेकप्रसाद श्रेष्ठ, भरत कार्की, वीरबहादुर तामाङ, तिलकुमारी दाहाल, निर्मला विक, लवराज कार्की, तिलकमान तामाङ, रमेश खतिवडासहितको घर तथा लत्ताकपडा, अन्नपातसहित सम्पूर्ण वस्तु जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २५ गते आइतवार
प्रतिक्रिया