आत्मियता छैन भने डिग्री पढेपनि काम छैन – शर्मा

तुलसीपुर, २४ चैत्र ।  नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा साहित्यकार नारायण प्रसाद शर्माले साहित्यकारले भावनात्मक विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । दाङ सहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरले तुलसीपुरमा आयोजना गरेको १८ औं बार्षिक उत्सवलाई सम्बोधन गर्दै शर्माले भौतिक सभ्याताको विकास भए पनि आत्मियताको विकास हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै भावनात्मक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

‘जति सुकै डिग्री गरे पनि त्यसमा आत्मियता छैन, हार्दिकता छैन भने त्यसको के काम ?’ शर्माले भन्नुभयो– ‘त्यसैले बौद्धिक, चेतना र हार्दिकताको विकासमा जागरण ल्याउन साहित्यकार लाग्नुपर्छ ।’  आत्मीयताको विकास नहुँदा मान समाज पछिल्लो समय संस्कार, स्कृति, र धर्मबाट बाहीरिदा भावनात्मक एकतामा समस्या पैदा भएको बरिष्ठ साहित्यकार शर्माले बताउनुभयो ।

पुराना पुस्ताको सपना र नयाँ पुस्ताको योगदानले भौतिक विकासले फड्को मारेको भन्दै अहिलेको नयाँ पुस्तको तुलनामा पुरानो पुस्ता निक्कै अगाडी रहेको शर्माले बताउनुभयो । साहित्यको विशिष्ठता र मर्यादालाई बचाउदै साहित्यकारले देशलाई पनि जोगाउन निरन्तर रुपमा खरबरदारी गर्नुपर्ने शर्माले बताउनुभयो । सुन्दर संसासर बनाउन साहित्यकार पथपर्दशक बन्नु पर्नेमा समेत उहाँले जोड दिनुभयो ।
सो अवसरमा बोल्ने अन्य वक्ताले साहित्यक सामारोहमा नयाँ पुस्ताको उपस्थिति नगण्य मात्रामा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । युवायुवतिको उपस्थिति नभएकाले साहित्यप्रति उनिहरुले रुचि नभएको होकी भन्ने प्रश्न उब्जाएको भन्दै वक्ताले संस्कृति र सभ्याताको चिन्ता पुरना पुस्तालाई मात्रै भएको जस्तो लागेको बताएका थिए ।

प्रतिष्ठानका अध्यक्ष डील्लीराज श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममासचिव शेषमणी रिजालले प्रगति र कोषाध्यक्ष सुवर्ण लामीछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा वृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी, साहित्यकार गजाधर पौडेल, पोषणराज रजौरे, संगितकार प्रकाश केसी, मधुसुधन अधिकारी, सन्तोष रजौरे, अमृता शर्मा, मञ्जु कडेल, संगिता उपाध्याय, प्रेम योगी, असोक लामीछाने, कमलमणी देवकोटा, विष्णुकुमार देवकोटा लगाएतले बोलेका थिए ।  कार्यक्रममा आधादर्जन श्रष्ठाहरुले आ–आफना रचना बाचन गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष तिलक न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहसचिव भावना शर्माले गर्नुभएको थियो ।

तुलसीपुर खबरका सम्पादक सम्मानित
बार्षिक उत्सवमा पत्रकारिताको माध्यमबाट सहित्यक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोको भन्दै रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतलाई सम्मान गरिएको छ । महेश साहित्यक सर्जक पुरस्कारबाट बस्नेतलाई नगद सहित कदर–पत्रले पुरस्कृत गरिएको थियो ।


त्यसैगरी निल बालकुमारी प्रतिभा पुरस्कारबाट २०७३ सालखको एसइई परीक्षामा पश्चिम क्षेत्र स्तरीय परीक्षा समिति अन्र्गत अपाङ्ग तर्फ सर्वोत्कृष्ण हुने गुरुजजुर माध्यामिक विद्यालयका अम्बिका डाँगी, पुष्पा लोकेन्द्रा स्मृति शिक्षा पुरस्कारबाट छात्रा तर्फ उत्कृष्ट हुने मावि चरकमटीयाकी रजनी बस्नेत लगाएत १७ जनलाई पुरस्कृत गरिएकोको थियो । त्यसैगरी कृष्ण इन्दिरा, हुमादेवी साहत्यि संगित पुरस्कारबाट खुमानन्द अधिकारी र तोरण छायाँ स्मृति साहित्यक पुरस्कारबा नवराज रजौरेलाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २०७४ चैत्र २४ गते शनिवार
प्रतिक्रिया