रुकुम प्रहरीले अफिम खेति नष्ट गर्दै

बसन्त परियार,तुलसीपुर २४ चैत ।
रुकुममा अफिम खेति नष्ट गर्न प्रहरीले अभियान थालेको छ । जिल्लाका अवैध लागू औषध अफिम उत्पादन हुने क्षेत्रहरुको पहिचान गरी अभियान थालेको रुकुम पुर्वका डिएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन । जिल्लालाई लागू औषध उत्पादन, ओसारपसार तथा सेवन मुक्त जिल्ला बनाउने अभियानमा लागेको उनले बताएका छन ।

प्रहरीले भर्खरै मात्र सिस्ने गाँउपालीका – ४ र भुमे गाँउपालीका – ८ मा गरी ४ विघाह जमिनमा लगाएको अवैध अफिम खेती नष्ट गरेको जनाएको छ । जिल्लाका विभिन्न ठाउमा अबैध रुपमा अफिम खेती हुने गरेको छ । प्रहरीले विभिन्न माध्ययमबाट अवैध खेती नगर्न सूचना जारी गरिरहेको भए पनि बर्षेणी लगाउन छोडिएको छैन ।

यसैविच,भिरबाट लडेर रुकुम पुर्वमा एक महिलाको ज्यान गएको छ । घास काट्न गएकि सिस्ने गाउपालीका ८ निवासि ३६ बर्षिय गोमना नाथको ज्यान गएको जनाईएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २४ गते शनिवार
प्रतिक्रिया