अटेर गर्नेको सामान तुलसीपुरमा जफत

तुलसीपर, २३ चैत्र

तुलसीपुर उपमहानगरपालिकाले सडकपेटी मिचेर व्यवसाय गर्नेहरको सामान जफत गरेको छ । तुलसीपुर बजारका विभिन्न स्थानबाट नगरपालिकाको टोलीले दुई वटा फ्रिज, सिद्रा माछा, सुन्तला, अंगुर, केरा,स्याउ जफत गरेको हो ।


सार्वजनिक सूचना मार्फत जानकारी गराउदा समेत अटेर गर्ने व्यवसायीहरुको सामान जफत गर्ने गरेको नगरपालिका कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । उपमहानगरपालिकाले सवारी दुर्घटना न्युनिरकण गर्न र बजारको सौन्दार्यतामा कमी आउन नदिन विभिन्न समयमा सडकपेटी मिचेर व्यवसाय गर्नेहरुलाई हटाउदै आएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया