बसन्त परियार,
२१ तुलसीपुर । पशुहरुमा विना परीक्षण भेटेरिनरी औषधि प्रयोग गर्नाले मानव स्वास्थ्य नै जोखीममा परेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । तुलसीपुर नगर कार्यपालिका अन्र्तगतको पशु सेवा कार्यालयले सरोकारवालकाहरुका विचमा गरेको गोष्ठिका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । औषधि जन्य अवशेष र मानव स्वास्थ्यमा असर विषयक गोष्ठिलाई सम्बोधन गर्दै कार्यालय प्रमुख सुदाम भट्टले उपभोक्तामा पर्ने असरलाई किसानहरुले बुझ्नुपर्ने बताए । असल ब्यवस्थापनका साथ पशुपालन गर्न सके किसान पनि बाच्ने र उपभोत्ताको स्वास्थ्य पनि खतरामा नपर्ने बताए ।
महामारी विरुद्धको खोप लगाउने,गोठ सफा गर्ने,ल्याव परीक्षण गराएर मात्र स्वीकृतवाला एग्रोभेटबाट उचित मात्रामा औषधिको प्रयोग गर्न किसानहरुलाई उनले सुझाव दिए । जथाभावि रुपमा औषधि प्रयोग गर्नाले त्यसको अवशेष पशुमा रहिरहने हुदा मासु,अण्डा तथा दुग्धजन्य पदार्थले मानव स्वास्थ्यमा असर गर्ने उनले बताए । ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताहरुले आफु खुसी भेटेरीनरी औषधिको प्रयोग गरिरहेको हुनाले झनै समस्या हुने गरेको उनले जानकरी दिए ।
कार्यक्रममा उपभोक्ता अधिकार मञ्चका अध्यक्ष तथा पत्रकार गोपाल शर्मा भट्टराईले उपभोक्ता अधिकार सुनिश्चितताका लागि स्थानिय तहहरुले कडाई गर्नुपर्ने बताए । उपभोक्ताहरुको लागि मात्रै भन्दा आफ्ना लागि पनि हो भन्ने सोचे मानिसको स्वास्थ्य जोगिने उनले बताए । कार्यक्रममा सहभागि किसानहरुले विभिन्न जिज्ञासा राखेका थिए । यस क्षेत्रका दुई दर्जन बढि पशुपालक किसानहरु सहभागि भएको कार्यक्रममा भेटेनरी औषधिको प्रयोग र अवस्थाका बारेमा कार्यालय प्रमुख भट्टले प्रकाश पारेका थिए । कार्यक्रमको सहजिकरण प्राविधिक सुवास आचार्यले गरेका थिए ।