पालीकाहरु संवैधिानीक अधिकारले सम्पन्न : मुख्यमन्त्री पोख्रेल

तुलसीपुर, २१ चैत्र
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पालीकाहरु संवैधिानीक अधिकारले सम्पन्न भएको बताउनु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभा अधिवेशनलाई आज दाङको तुलसीपुरमा सम्बोधन गदै उहाँले जिल्ला स्तरका सबै प्रशासनिक र विकासे कार्यालयहरु चैत्रमासन्त देखि विगठन भई स्थानीय तहको मातहतमा आउने भएकाले पालिकाहरु संवैधानिक रुपमा अधिकारले सम्पन्न हुन बताउनुभयो ।
विगतमा जिल्लाबाट प्रवाह गर्दै आएका सेवाहरु एकै थलोबाट नागरिकलाई प्रदान गर्दा कठिन हुने भन्दै भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
‘विगतमा जिल्ला सदरमुकामले दिने सेवा अब नगरपालिका र गाउँपालिले दिने भएका छन् ,’ मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘ त्यो अनुसारका भौतिक संरचना नहुदा सेवा प्रभावहमा कठिनाई हुन सक्छ ।’ यसैविच उहाँले संविधानले दिएको अधिकार प्रयोग गरी कानुन बनाउन स्थानीय तहलाई आग्रह समेत गर्नुभयो । अधिवेशनको विषय प्रवेश नगर प्रमुख घनश्याम पाण्डेले गराउनु भएको थियो ।

 

 

 

 

प्रकाशित मिति : २०७४ चैत्र २१ गते बुधवार
प्रतिक्रिया