रोल्पामा बन्चरो प्रहारवाट दुई वालवालीकाको हत्या

तुलसीपुर,२० चैत ।

रोल्पामा बन्चरो प्रहार गरी दुई वालवालीकाको हत्या भएको छ । आफ्नै काका नाता पर्ने त्रिबेणि २ डाफ्ला निवासी खड्क वहादुर विकले सोहि ठाउ निवासी गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ बर्षिया छा्ेरी बसन्ती विकको हत्या गरेको रोल्पाका डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

सोमवार साझ घरमै बसेका बेला हत्या गरेका विकलाई राती ८ बजे नै पक्राउ गरीएको डिएसपी फुयालले जानकारी दिए । हत्या गर्ने विकको मानसिक सन्तुलन ठिक नभएको जनाइएको छ । प्रहरीका अनुसार हत्या गर्ने विक र गणेशका विचमा केहि दिन अघि सामान्य झगडा भएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया