जेष्ठ नागरीकले एमाले पार्टिलाई किन दिए धन्यवाद ?

तुलसीपुर,१८ चैत ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ राप्ती शान्ती उद्यानमा सन्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा ६ सय वढिले स्वास्थ्य चेकजाँच गराएका छन् । नेकपा एमाले तुलसीपुर वडा नं. ७ को आयोजना तथा मध्यपश्चिम आयुर्वेद चिकित्सालयको समन्वयमा शनिवार एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा तुलसीपुर वडा नं. ४,६ र ७ का वडा वासीहरुले सेवा लिएको नेकपा एमाले वडा नं. ७ को वडा कमिटिका अध्यक्ष प्रेमचन्द गैरेले जानकारी दिएको छन् । सो अवसरमा जेष्ठ नागरीकले गाउमै सेवा दिएको प्रति एमाले पार्टिलाई धन्यवाद दिएका थिए ।
वडा कमिटि अध्यक्ष गैरेको अध्यक्षता एवं ५ नम्वर प्रदेश सदस्य धमकली चौधरीको प्रमुख आतिथ्यतामा शिविर सन्चालन भएको थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, आर्युवेदिक चिकित्सालय विकास समितिका अध्यक्ष भैरव प्रसाद मज्गैया, एमाले नेता शोभाराम वस्नेत, चिकित्सालयका डा. रामकामेश्वर प्रसाद ठाकुर, एमाले जिल्ला कमिटि सदस्य विनोद शर्मा, पिताम्वर आचार्य लगाएतले वोलेका थिए ।

डेमलाल भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको शिविरको सहजीकरण वडा कमिटिका सचिव हरि भण्डारीले गरेका थिए । साथै शिविरमा निशुल्क औषधी वितरण गरीएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार
प्रतिक्रिया