तुलसीपुर १५ चैत्र ।
युवा शक्ति तुलसीपुरले गौरीकला रोकाएको घटनाको विरोधमा तुलसीपुरमा विरोध रयाली निकालेको छ । घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै युवायुवतिले तुलसीपुर बजारका विभिन्न भाग परिकक्रमा गरेका थिए ।
यसैविच रयालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनिहरुले एसइइ परिक्षामा दिन आएकी रोकाएलाई सामुहिक बलात्कार गरी हत्या गरेको भन्दै अभियुक्तहरुलाई हदै सम्मको कारबाही गर्नु पर्ने माग गरेका थिए ।
सुर्यप्रकाश माध्यामिक विद्यालय पलैटीकी छात्रा, रोकाएको गएको चैत्र १२ गते सामुहिक बालात्कार पछि हत्या भएको थियो । घटनामा संलग्न ट्राफिक प्रहरी सहित ३ जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति : २०७४ चैत्र १७ गते शनिवार