ओलीको भ्रमणमा जम्बो टोली, एजेन्डा पुरानै

काठमाडौं ।

केपी ओलीको भारत भ्रमणमा जम्बो टोली रहनेछ । परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्सबाट बिजनेस क्लासका सबैसहित जम्मा ५५ सिट बुकिङ् गरेको छ । २३ चैतमा काठमाडौंबाट दिल्लि र २५ चैतमा दिल्लिबाट काठमाडौंका लागि सिट बुक गरेको हो । नयाँपत्रिकाले लेखेको छ । 

सम्माननीय प्रधानमन्त्रीको भ्रमणका लागि भिभिआइपी उडान गर्नुपर्ने भनेर ५५ सिट रोकिएको छ । जम्बो प्रतिनिधि मण्डल आउने भएपनि प्रधानमन्त्रीले सपिङ लिस्ट ल्याउने छैनन् । भारतका तर्फबाट नेपाललाई सहयोग घोषणा हुनसक्ने। तर त्यसमा नेपालले सपिङ लिस्ट नबुझाउने नेपाली टोलीको तयारी छ । पहिलो कार्यकालमा ०७ फागुन २०७२ मा ओलीले भारतको राजकीय भ्रमण गर्दा पनि कुनै तयारी बिषयसूची लगेका थिएनन् ।

त्यतिखेर उद्योगी–व्यावसायीबाहेक ४५ जनाको टोली भ्रमणमा सहभागि थियो । टोलीमा प्रधानमन्त्रीपत्नीसहित सबै मन्त्री, मन्त्रालयका सचिवहरु, सुरक्षाकर्मी र सरकारी सञ्चारकर्मी समेत थिए । उद्योगी व्यावसायी निजि खर्चमा गएका थिए । दिल्लिमा उनीहरुको बसोबासको व्यवस्था भने सरकारले गरेको थियो । २३ गते भारत भ्रमण दलमा जानेको भने टुंगो लागेको छैन् ।

काम नभएका परियोजना
-कुशीनगर–लुम्बिनी–कपिलवस्तु तथा बर्दिबास–वीरगञ्ज रेलवे निर्माण
– वीरगञ्ज–पथलैया–नारायणगढ तथा बुटवल–पोखरा राजमार्गलाई दु्रतमार्गमा स्तरोन्नति
– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
– महाकाली नदीमा मोटरेबल पुल
– वीरगञ्ज–रक्सौल मितेरी पुल
– दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह
-नेपालमा विशेष आर्थिक क्षेत्र निर्माण
– नयाँ १३२ केभी प्रसारण लाइन निर्माण
– बुटवल–गोरखपुर सीमापार विद्युत् प्रसारण लाइन
– लुम्की–बरेली सीमापार विद्युत् प्रसारण लाइन

पुरानै एजेन्डा दोहोरिने
तत्कालीन प्रधानमन्त्री देउवा ८ भदौमा भारत भ्रमणमा आउँदा निर्माण गर्ने भनिएका परियोजना कार्यान्वयन अघि बढेको छैन । नेपालले परियोजनाको प्रतिवेदन तयार गर्ने र सम्बन्धित भारतीय निकायसँग छलफल गर्ने भनिए पनि काम हुन नसकेको नेपाली पक्षको भनाइ छ ।

नेपालका तर्फबाट तदारुकता नदेखाउँदा नयाँ प्रधानमन्त्रीको भ्रमणमा पनि पुरानै एजेन्डामा छलफल गर्नुपर्ने बाध्यता रहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् । यसपटक पनि पञ्चेश्वरको डिपिआर सम्पन्न गर्ने, माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना निर्माण, पूर्वपश्चिम रेल्वे निर्माणमा भारतीय सहयोग, काठमाडौं–वीरगन्ज रेल्वेजस्ता विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १७ गते शनिवार
प्रतिक्रिया