गौरीकला हत्याको विरोधमा दाङमा प्रर्दशन

 

तुलसीपुर १५ चैत्र
विप्लव निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सुर्खेतमा भएको गौरीकला रोकाएको घटनाको विरोधमा तुलसीपुरमा विरोध रयाली निकालेको छ । घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमा उत्रीएका विद्यार्थीहरुले तुलसीपुर बजारका विभिन्न भाग परिकक्रमा गरेका थिए । रयालीपछि तुलसीपुरको विपि चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले एसईई परिक्षामा दिन आएकी रोकाएलाई सामुहिक बलात्कार गरी हत्या गरेको भन्दै अभियुक्तहरुलाई हदै सम्मको कारबाही गर्नु पर्ने माग गरेका थिए ।

छोरी चेलीहरुका लागि घर, विद्यालय, होटल र सडक दिनप्रतिदिन असुरक्षीत वन्दै गएको भन्दै राज्यले पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने बताएका थिए । नारी भएकै कारण अकालमा ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्नु पर्ने भन्दै बलात्कारीलाई कडा काराबाही नगरे अखिल क्रान्तिकारीले कारबाही गर्ने चेतावनी दिए ।


कोणसभालाई अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय सदस्य रुद्र वली, अखिल नेपाल (क्रान्तिकारी) जिल्ला समिति दाङका सचिव अम्मर खड्का, सदस्य तेजप्रसाद पोख्रेल लगाएतले सम्बोधन गरेका थिए । सुर्यप्रकाश माध्यामिक विद्यालय पलैटीकी  छात्रा, रोकाएको गएको चैत्र १२ गते सामुहिक बालात्कार पछि हत्या भएको थियो । घटनामा संलग्न ट्राफिक प्रहरी सहित ३ जना पक्राउ परिसकेका छन् ।

 

प्रकाशित मिति : २०७४ चैत्र १५ गते बिहिवार
प्रतिक्रिया