गाडी मागेर काम चलाउदै दाङका सिडीयो

तुलसीपुर १३ चैत्र / दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले गाडी मागेर काम चलाउने गरेका छन् । जिल्ला प्रशासनमा रहेको रा१झ ९८ नम्बरको जिप विग्रीएर थन्कीएपछि प्रमुख जिल्ला अधिकारीले श्रेष्ठले सरकारी कार्यालयसंग मागेर काम चलाउन बाध्य भएका हुन् ।
विशेष कामले बाहिर जाँदा विभिन्न सरकारी कार्यालयहरुका सवारी साधन मागेर गाडीको समस्या टार्ने गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । १७ बर्ष पुरानो गाडी केहि बर्ष अघि दुर्घटना भए देखिनै थोत्रो भएको हो । यस आर्थिक बर्षमा मात्रै करिब ३ लाख रुपैयाँ मर्मतमा मात्रै खर्च भएपनि गाडीमा खासै सुधार आउन सकेको छैन् । गाडी थोत्रो र पुरानो भएका कारण बारम्बार मर्मत गरेपनि सुचारु हालतमा निमियत आउन नसकेको बताइएको छ ।

गाडीलाई सुचारु अवस्थामा ल्याउन मोटर ग्यारेजले ७ लाख रुपैयाँ लाग्ने बताएपनि आर्थिक अभावमा पूर्णरुपमा मर्मत गर्न नसेको जिल्ला प्रशासनले बताएको छ । यता प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गृहमन्त्रालयमा गाडीको माग गरी पठाएको बताएका छन् । २५ अषाढ २०७४ मा सरुवा भई आएका श्रेष्ठले गाडीको दयीनीय अवस्था देखेपछि मन्त्रालयमा माग गरेका थिए ।

‘आर्थिक अभाव छ, थोत्रो गाडीलाई जति पटक बनाए पनि उस्तै हो,’ –प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने –‘एउटा पुर्जा फे¥यो अर्को विग्रीन्छ कति पटक बनाउनु हैरान भएको छ ।’
सुरक्षाको दृष्टिकोण चौंविसै घन्टा तयारी अवस्थामा बस्नु पर्ने भएपनि कार्यालयमा चालु अवस्थामा सवारी साधान नहुदा सुरक्षामा चुनौति थपिएको श्रेष्ठले बताए ।
‘कतिपय अवस्था सिडीयो कहाँ जाँदै छ भन्ने कुरा थाहा हुनुहुदैन’– श्रेष्ठले भने ‘तर आफनो साधन नभएपछि अघिल्लो दिन फोन गरेर आफु जाने ठाउँ र समयको जाकारी गराउनु पर्छ ।’
जुनसुकै सिडीयो आएपनि उसलाई सवारी साधन चाहिने भएकाले आफुलाई सरुवा गरेर भएपनि गाडी पठाई दिन श्रेष्ठले सरकारसंग माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भदौ ४ गते गाडीको फोटो सहित पोष्ट गर्दै भनेका छन ‘७०/८० बर्षका दमका रोगीका बुढापाका जस्तै आफु चढ्ने गाडी छ ।’

 

 

प्रकाशित मिति : २०७४ चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया