तुलसीपुर ११ चैत्र
बस र जिप एक आपसमा ठोक्कीदा तुलसीपुरमा ४ जना घाईते भएका छन । घाइते हुनेमा तुलसीपुर १२ हरीपौरा निवासी दोर्ण अधिकारी, गिता अधिकारी अनित अधिकारी रमेश चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिएका छन् । घाइते हुनेमा एकै घरका तिन रहेका छन् । घाइते सबैको तुलसीपुरको सिटी अस्पतालमा उपचार भइरहेको छ । तुलसीपुरबाट फुलबारीका लागि छुटेको रा१ख४४३ र विपरित दिशाबाट आईरहेको लु१च ३८२८ नम्बरको जिप मोटरसाइकललाई बचाउन खोज्दा ठोक्कीएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७४ चैत्र ११ गते आइतवार