भोलीदेखि कार्यक्षेत्र नजाने कर्मचारीलाई कारवाही गरिने

काठमाण्डौं,११ चैत ।
सरकारले कार्यक्षेत्रमा नजाने कर्मचारीलाई कारवाही गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भोलिदेखि तोकिएको ठाउँमा नजाने कर्मचारीलाई निजामती ऐनअनुसार कार्वाही गरिने बताउनु भएको छ । मन्त्री पण्डितले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफनो कार्यक्षेत्रमा पुगिसकेको र बाँकी कर्मचारी पनि कार्यक्षेत्रमा जाने बताउनुभयो । तर जो कार्यक्षेत्र पुगेका छैनन्, उनीहरुलाई आज बिदा परेकाले भोलि सोमबारदेखि कारवाही हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ चैत्र ११ गते आइतवार
प्रतिक्रिया