सल्यानमा पहिलो पटक सिसि टिभी जडान

तुलसीपुर, १० चैत्र

जिल्ला प्रहरी कार्यालय सल्यानले पहिलो पटक सिसि टिभी जडान गरेको छ । प्रहरीले सारदा नगरपालिका १ को श्रीनगर बजार र खलङ्गगा बजारमा १२ वटा सिसी टिभी जडान गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक भरत विकले जानकारी दिएका छन् । सिसी टिभीको उद्घाटन प्रदेश नं ६ का प्रमुख तथा अतिरिक्त प्रहरी महानीरीक्षक रणबहादुर चन्दले उद्घाटन गरेका थिए ।

प्रविधिको विकासले पछिल्लो समय अपराधिक गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न सहयोग पुगेको भन्दै यसलाई अधिकतम उपयोग गर्नु पर्नेमा जोड दिए । सिसि टिभी जडान संगै सल्यानको श्रीनगर र खलङ्गा बजारमा हुने अपराधिक तथा अवाञ्छित कृयाकलाप न्युनिकरणमा सिसि टिभीले सहयोग पुग्ने प्रनाउ विकले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले नगरपालिकालाई प्रविधियुक्त वनाउन प्रहरीले खेलेको भूमिका प्रति प्रसंशा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७४ चैत्र १० गते शनिवार
प्रतिक्रिया