उपराष्ट्रपतिमा पासाङ नै दोहोरिने पक्का

काठमाडौं, ३ चैत ।
उपराष्ट्रपति चुनावको लागि शनिबार मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । शनिबार दिउँसो चार बजेभित्र उम्मेदवारमाथि दाबी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ ।

आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच उपराष्ट्रपतिमा नन्दबहादुर पुन (पासाङ) नै दोहोरिने पक्का जस्तै छ । यसअघि वाम गठबन्धनका उम्मेदवार विद्यादेवी भण्डारी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भइसक्नु भएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार
प्रतिक्रिया