उपसभामुखमा एमालेकी शिवमाया तुम्वाहाम्फे विजयी

काठमाडौं, चैत २ ।

संघीय संसदको उपसभामुखमा नेकपा एमालेकी डाक्टर शिवमाया तुम्वाहाम्फे विजयी हुनुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा तुम्वाहाम्फे २ सय १ मतसहित उपसभामुखमा निर्वाचित हुनुभएको हो ।

उहाँकी प्रतिष्प्रधि नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ मत मात्रै पाउनुभएको छ । आजको बैठकमा २ सय ५९ जना सांसद उपस्तिथ थिए । उपसभामुखमा निर्वाचित तुम्वाहाम्फे नेकपा एमालेका तर्फबाट तेह्रथुमकी समानुपातिक सांसद हुनहुुन्छ ।

संघीय संसदको सभामुख या उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संबैधानिक व्यवस्था अनुसार दुवै दलले उपसभामुखमा महिला उम्मेदवार उठाएका थिए ।

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार
प्रतिक्रिया