दाङका थारु महिला उद्यमी बन्दै

सन्तोष अधिकारी

दाङ, २ चैत्र । कलिलो उमेर घरधन्दामा विताएकी घोराही उप महानगरपालीका १७ की पद्मा चौधरीको दिनाचर्या आजभोलि फेरीएको छ । चौधरी अहिले काँसका ढकीया लगाएत सिक्किका विभिन्न डिजाइनका घर सजावटका समान बनाएर विक्रि समेत गर्ने गर्दछिन् । परम्परादेखि नै चौधरीलाई ढकीय बुन्न त आउँदथ्यो तर त्यसका विभिन्न डिजाइनका समान पनि उत्पादन हुन्छन् र यसको माग पनि छ भन्ने भन्ने थाहा थिएन । तर जव उनले विभिन्न डिजाइनका समान उत्पादन गर्ने तालिम लिइन त्यसपछि उनको परिचय उद्यमीको रुपमा फेरिएको छ । पद्मा मात्र होईन सोही ठाँउ निवासी विष्णी चौधरीको परिचय पनि आजभोलि गाउँघरमा उद्यमीको रुपमा चर्चामा छ । अहिले काठमाडौवााट अर्डर आएका विभिन्न समान बुन्न विष्णी व्यस्त छिन् ।

काठमाडाँैवाट सिक्कीको २० थान झोलाको माग आएको छ, त्यही बुन्न व्यस्त छु विष्णीले भनिन् । पहिले घरधन्दा, कृषि लगाएत काम गर्ने उनले एक रुपैयाँ पनि श्रीमान्संग माग्नुपर्दथ्यो रे । अहिले आफै कमाउने भएपछि खुसी हुँदै उनले भनिन् –‘उद्यम गर्न थालेपछि मेरो आफ्नो खर्च मात्र हैन् आजभोलि आवश्यकता पर्दा छोराछोरीको फिस र घरखर्चसम्म नि आफैले नि तिर्र्छुु । अर्काको खर्चमा जीवन धान्नुपर्दाको बाध्यतावाट छुटकारा पाएर आफै घरमा खर्च चलाउन पाउदा खुशी लाग्ने गरेको उनले बताइन् । पद्मा र विष्णी मात्र हैन घोराही १७ गुलरियाका १७ जना महिलाहरु अहिले सिक्किका नयाँ नयाँ डिजाइनका समान बुनेर उद्यमी बनेका छन् । पहिलेदेखि नै ढकीयाका समान बुन्ने चौधरी समुदायका महिलाहरु परम्परागत रुपमा बुन्दै आएको ढकीया छाडेर त्यहि कच्चा पदार्थवाट आधुनिक डिजाइनका सजावटका समान बुनेर व्यवसाय गर्न थालेका छन् । उनीहरुले विजुलीको बल्ब ढाक्ने बत्ति छतरी, लेडिज व्याग, भौका, कलम दानी, टोकरी, किस्ति, ट्रे लगाएतका समान उत्पादन गरेर बिक्री गरिरहेका छन् । यस्ता समानहरु जिल्लामा खासै विक्रि नभएपनि काठमाडौ लगाएतका पर्यटकीय स्थलहरुवाट माग आउने गरेको उनीहरुको भनाई छ ।

यस्तो काममा सघाएका हुन् गरिवी निवारण कोष र जनउत्थान समाज विकास केन्द्र दाङले । घोराही, लमही, तुलसीपुर लगाएतका थारु बाहुल्य गाउँका महिलाहरुलाई संगठित गरेर कोष र केन्द्रले उनीहरुलाई घुम्ति कोष रकम प्रदान गर्नुका साथै नयाँ नयाँ डिजाइनका आधुनिक समानहरु बुन्ने तालिम दिइरहेको जनउत्थान समाज विकास केन्द्रका अध्यक्ष बलिभद्र रानाले जानकारी दिए । परम्परागत सीप भएका उद्यमीहरुलाई बजारको माग अनुसारका समान उत्पादन गर्न सिकाउनुका साथै उनीहरुका समानलाई बजारिकरण गर्न सहयोग पनि गरिएको उनले बताए ।

घोराहीमा अल्लोको र तुलसीपुरमा माटोको भाँडोको उद्योग समेत खोल्न सघाएको केन्द्र र कोषले देउखुरीमा ढकिया बुन्ने कच्चा पदार्थवाट आधुनिक डिजाइनका समान बुन्ने उद्योग खोल्ने तयारी भइरहेको जनाएको छ । “गाउँगाउँमा गएर समूह निर्माण गर्छाँै र उनीहरुलाई कच्चा पदार्थ किन्नका लागि प्रतिव्यक्ति ९ हजार रुपैया पनि अनुदान दिन्छौ” आफूहरुले गर्ने सहयोग बारे जानकारी दिदै संस्थाका कार्यकारी निर्देशक कुलबहादुर डाँगीले भने ।

उनीहरुलाई आधुनिक डिजाइनको सीप सिकाएर त्यसको बजारीकरण पनि गरिदिने र उद्यमी बनाउने संस्थाको लक्ष्य रहेको छ ।  गाँउ घरमा अनुत्पादक क्षेत्रमा काम गरिरहेका महिलाहरुलाई सीप, अनुदान दिएर उद्यमी बनाउने लक्ष्य रहेको उनको भनाई छ । यस्ता समानहरु अहिले पोखरा, काठमाडाँै लगाएतका स्थानहरुमा बिक्रि भइरहेको र विदेशी बजार पनि खोज्न गरिवी निवारण कोषले अन्तराष्ट्रिय स्तरका मेला महोत्सव गर्न लागेको पनि उनले बताए । यस्ता समानका अन्तराष्ट्रिय बजारमा धेरै माग रहेको र सो क्षेत्रमा पु¥याउन सके देशको आर्थिक, सामाजिक र पर्यटनको क्षेत्रमा ठूलो सहयोग हुने उनको भनाई छ ।

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार
प्रतिक्रिया