भागवण्डा मिलाउन प्रधानमन्त्रीले फुटाय मन्त्रालय

तुलसीपुर, २ चैत्र
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटा मन्त्रालय थपेका छन् । मधेसवादी दल पनि सरकारमा आउने भएपछि वलीले मन्त्रालयको संख्या बढाउका हुन् । प्रधानमन्त्रीको कार्यालयसहित अब मन्त्रालयको संख्या २१ पुग्ने भएको छ । देश संघीयतामा गएपछि गठित उच्चस्तरीय समितिले १५ वटा मात्रै मन्त्रालय संघीय सरकारमा राख्न सुझाव दिएको थियो ।

तर, तीन तिहाइको सरकार निर्माणमा अग्रसर प्रम ओलीले मधेसवादी दलका लागि मन्त्रालय थप्ने निर्णय गरेका हुन् । थपिएका मन्त्रालयहरुमा सिचाइँ, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय रहेका छन् । यी मन्त्रालय हाल रहेका मन्त्रालय फुटाएर बनाइएको हो ।

ओली सरकारले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएको छ । जस अनुसार अबबाट शिक्षा र युवा तथा खेलकुद मन्त्रालय अलग्गै अस्तित्वमा हुनेछन् । त्यसैगरी ओली सरकारले श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालय पनि फुटाएको छ । अबबाट श्रम तथा रोजगार र महिला तथा बालबालिका फरक फरक मन्त्रालय हुने भएका छन् ।

 

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार
प्रतिक्रिया