उपसभामुखको चुनाव आज

काठमाडौं, चैत २ ।  

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार चुनाव हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि चुनावी प्रक्रिया सुरु हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जनाकारी दिनुभयो ।  उपसभामुखमा वाम गठबन्धनबाट एमाले नेतृ शिवमाया तुम्बाहाम्फे र कांग्रेसबाट पुष्पा भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

सभामुखमा उम्मेदवार नदिएको कांग्रेसले राष्ट्रपति र उपसभामुखमा भने उम्मेदवारी दिएको छ । यद्यपी वाम गठबन्धनको प्रष्ट बहुमत भएकाले उपसभामुखमा तुम्बाहाम्फे विजयी हुने निश्चित जस्तै छ । शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने संभावना पनि रहेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार
प्रतिक्रिया