तुलसीपुर–हात्तिखौवा सडक यस कारण खुल्यो

तुलसीपुर,१ चैत ।
तुलसीपुर–घोराही सडक खण्ड अन्र्तगत हात्तिखौवा देखी तुलसीपुर वजार क्षेत्र सम्मको चारलेन सडक तिव्र गतिमा निर्माण गर्ने सहमतिमा बाटो खुलेको छ । बर्षाैं देखि अलपत्र तुलसीपुर देखि हात्तिखौवा सम्म चारलेनको सडक निर्माण तत्काल पूरा गर्नुपर्ने माग राख्र्दै स्थानिय वासीले आज देखी अनिश्चितकालिन सडक बन्दको घोषणा गरेका थिए ।

तुलसीपुर उप महानगरपालिकाका प्रमुख घनश्याम पाण्डे , ईलाका प्रहरी कार्यालय तुलसीपुर ,तुलसीपुर उद्योग वाणिज्य संघ, निर्माण कम्पनीका ठेकेदार र सम्वन्धित टोल विकास संस्थाहरु विच आज भएको छलफलमा सडकबाटोमा धुलो नियन्त्रणका लागी दैनिक पानी हाल्ने र सडक निर्माण छिट्टै गर्ने सहमतिमा आन्दोलन स्थगित गरीएको घोराहीरोड टोल विकास संस्थाका सचिब हेमराज गौतमले जानकारी दिएका छन ।

साथै सडक निर्माणमा फेरी ढिलाई र लापरवाही भएमा नगरप्रमुख पाण्डेले जवाफ दिने पनि सहमति भएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र १ गते बिहिवार
प्रतिक्रिया