प्रधानमन्त्री वलीले राष्ट्रघाति काम गर्ने खतरा : मैनाली

तुलसीपुर १ चैत्र
नेकपा मालेका महासचिव सिपी मैनालीले संविधान संशोधनको विरुद्धमा उभिएर हिरो वनेका प्रधानमन्त्री केपी वलीले अहिले मेधसी दललाई खुशी पार्ने नाममा राष्ट्रघाति काम गर्ने खतरा रहेको बताएका छन् । बिहिबार देखि सुरु भएको नेकपा मालेको राष्ट्रिय परिषद अधिवेसनलाई सम्बोधन गर्दै महासचिव मैनालीले मेधसी दललाई उपराष्ट्रपति देखि नगद कमाउने मन्त्रालय दिए पनि समस्या समाधान नहुने बताए ।

‘भारतको इशारामा केपीले महन्त ठाकुरलाई उपराष्ट्रपति र महत्वपूर्ण मन्त्रालय दिदैछन् , महासचिव मैनालीले भने, ‘उनिहरु आफनो बुद्धिले चल्दैनन रोवट हुन अर्काको इशारामा चल्छन् ।’
मधेसी दलाई सरकारमा ल्याएर मधेसका मुद्दा समाधान गर्छु भन्नु प्रधानमन्त्री वलीको दिवासपना मात्र भएको भन्दै प्राविधिक रुपमा केहि समयका लागि समाधान भए पनि दिर्घकालिन रुपमा समस्या समाधान नहुने बताए ।  हिन्दी भाषालाई राष्ट्रिय भाषा, आत्म निर्णयको अधिकार र एक प्रदेश एक मधेस लगाएतका मेधसवादी दलका मुद्दा देशलाई विखण्डन गराउने मुद्दा भएको भन्दै यो कुनै पनि हालतमा पुरा हुन नदिने बताए ।  तुलसीपुरमा उद्घाटन सत्र भए पनि वन्द सत्र भने घोराहीमा संचालन गरिने छ । पर्सी सम्म संचालन हुने वन्द सत्रमा देशभरबाट झण्डै दुई सय बढीको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २०७४ चैत्र १ गते बिहिवार
प्रतिक्रिया