ब्राउन सुगरसहित दाङमा तीन जना पक्राउ,कस्को साथवाट कति बरामद ?

तुलसीपुर,२८ फागुन ।

लागुऔषध ब्राउन सुगरसहित दाङमा तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका वडा नम्बर १४ का १९ वर्षीय मधुसुदन भुज, वडा नम्बर १३ का २२ वर्षीय धनबहादुर घर्ति मगर र सोही ठाउँ निवासी २१ वर्षीय खिमबहादुर पुन रहेको दाङ प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिईन ।

प्रहरी टोलीले उनीहरुको शरिर खानतलासी गर्दा भुजको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम, मगरको साथबाट ५ सय ७० मिलिग्राम र पुनको साथबाट ५ सय मिलिग्राम गरी २ ग्राम २ सय ४० मिलीग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई घोराही उप–महानगरपालिका वडा नम्बर १८ रझेनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया