दिवशले छोएन श्रमिकलाई

 

सन्तोष अधिकारी

दाङ, २४ फागुन । साँझ विहानको छाक टार्न खोला किनारमा गिट्टी कुट्ने बृद्धा मिना विकलाई श्रमिक महिला दिवसले छुन सकेन । न त उनलाई यो दिवस वारे केही थाह नै छ, न कुनै अपेक्षा । छ त केबल एउटा मात्र चिन्ता ! खोलाका ढुंगा उठाउन दिएनन भने के गर्ने ? अरु त के नै छ र खोलाको ढुंगा उठाउन दिए पुग्छ हामिलाई मिनाले भनिन् ।

आफ्नो श्रीमानको निधन पछि घरपरिवारले नै हेर्न छोडेको वताउने यी वृद्ध ६ वर्षदेखि खोला किनारमा यसरी नै ढुंगामाथी हथौडा बर्साइ रहेकी छिन् । ४ छोरा र दुइ छोरी भएपनि श्रम गरेरै दुई छाकको जोहो गर्ने यी महिलाहरुलाई कसै प्रति गुनासो पनि छैन । आ आफ्नो भाग्या खाने हो, जस्तो भाग्य लिएर आयो त्यस्तै भोग्नुपर्छ, को संग केको गुनासो गर्नु उनले भनीन् । उनी जस्तै कैयन महिलाहरु श्रम गरिरहेका छन् ।

सहिद गेट नजीकै बनीरहेको घरमा लेवर कामगर्ने यी महिलाहरुले काम गरिरहेको स्थानबाट श्रमिक महिला दिवसको ¥याली सुरु भयो । घोराही उप महानगरपालीकाको सभा हलमा पुगेर तिन घण्टा सम्म महिला श्रमिकको बारेमा छलफल गरिरहँदा उनीहरुलाई बालुवाको बोरा बोक्न बाटै फुर्सद नै भएन । काम पुरुष सरह गरे पनि ज्याला भने पुरुष भन्दा कम पाउदै आएका छन् । तर पनि विवस छन् उनीहरु, त्यही पैसामा काम नगरे उनीहरुको घरमा चुल्हो जल्दैन ।

त्यस्तै सडक पेटिमा बसेर फलफुल बिक्रि गरी जिवन चलाई रहेका महिलाहरुले सडक क्षेत्र अतिक्रमण गरेको भन्दै उप महानगरपालीकाले उठिबास लगाउने गरेको पिडा आफै भित्र लुकाएका छन् । उनीहरुले श्रमीक दिवसवारे जानकारी नै बभएको बताउछन् । हामी काम गरेर खानचाहन्छौ तर पनि नगरपालीकाले काम गर्न दिदैन भन्छीन शुशिला घर्ति । कसैलाई श्रमिक महिला दिवसवारे जानकारी नै छैन भने कसैलाई रोजीरोटिका कारण जाने फुर्षद छैन । तर पनि महिलाको पक्षमा बकालत गर्नेहरुले समान कामको समान ज्याला भने पनि व्यवहारमा लागु भएको छैन ।

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया